दुर्गा प्रसाईं रिहा, २८ लाख रूपैयाँ धरौटी राखे

टुरिजमफेस
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनले पाटन उच्च अदालतमा २५ लाख र काठमाडौं जिल्ला अदालतमा ३ लाख धरौटी बुझाएपछि सोमवार रिहा भएका हुन् ।
प्रसाईंले उच्च अदालतमा बैकिङ कसुर सम्बन्धी र जिल्ला अदालतमा चैत १५ गते तीनकुनेमा भएको घटनाका लागि धरौटी राख्नु परेको हो ।