नेपाल पर्वतारोहण संघको अध्यक्षमा कुलबहादुर गुरुङ प्यानलद्वारा उम्मेदवारी घोषणा

टुरिजमफेस
काठमाडौं । यही भदौ ७ मा हुन गइरहेको नेपाल पर्वतारोहण संघको निर्वाचनका लागि कुलबहादुर गुरुङ नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ । बिहीबार आयोजित घोषणा सभामा अध्यक्ष पदमा कुलबहादुर गुरुङले उम्मेदवारी सार्वजनिक गर्दा वरिष्ठ उपाध्यक्षमा टीकाराम गुरुङ तथा महासचिवमा विमलकुमार नहर्कीले उम्मेदवारी दिने घोषणा गरे ।
उम्मेदवारी सार्वजनिक गर्दै गुरुङले निर्वाचनमा विजयी भएपछि आफू र आफ्नो समूहले पर्वतीय पर्यटनको विकासका लागि दत्तचित्त भएर काम गर्ने दावी गर्दे यसका लागि पर्यटन क्षेत्रमा डिस्कभर, डेभलप र डेलिभरका लागि तम्तयार भएको बताए ।
सोही निर्वाचनका लागि यसअघि फूर्वा ग्याल्जेन शेर्पा नेतृत्वको समूहले पनि उम्मेदवारी घोषणा गरिसकेको छ ।