श्रीकृष्ण जन्माष्टमीको धुमधाम

ललितपुरकोे पाटनमा रहेको कृष्ण मन्दिरमा शनिबार बिहान श्रीकृष्ण जन्माष्टमीका दिन पूजाअर्चना गर्न लामबद्व भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस
टुरिजमफेस
काठमाडौं । भाद्र कृष्ण अष्टमीमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरका कृष्ण मन्दिरमा सर्वसाधारणले श्रीकृष्ण जन्माष्टमी धुमधामसँग मनाइरहेका छन् । धार्मिक मान्यता अनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी नक्षत्रमा भगवान् विष्णुका आठौँ अवतारका रूपमा कृष्णको जन्म भएको थियो । र, कंसलगायत दानवको अन्त्यका लागि विष्णुले कृष्णको रूप धारण गरेका थिए ।
जन्माष्टमीका दिन भगवान् कृष्णको भजनकीर्तन, आराधनाका साथ रातमा उनको जन्म समयको प्रतीक्षा गर्ने र भोलिपल्ट उत्सव मनाउने नेपाली परम्परा छ । यस्तै महिमा अनुसार कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
ललितपुरकोे पाटनमा रहेको कृष्ण मन्दिरमा शनिबार बिहान श्रीकृष्ण जन्माष्टमीका दिन पूजाअर्चना गर्न लामबद्व भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस