काठमाडौं उपत्यकाको निषेधाज्ञा र कर्फ्यू हट्यो

जल्दै गरेको सिंहदरवार
टुरिजमफेस
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू हटाइएको छ । भदौ २३ मा जेनजी समूहले आन्दोलन सुरु गरेपछि २४ गतेपछि सुरक्षाकर्मीले निषेधाज्ञा र कर्फ्यू लगाउँदै आएको थियो । सुरुको दिन स्थानीय प्रशासनले निषेधाज्ञा र कर्फ्यू जारी गरे पनि पछि सेनाले यो काम गर्दै आएको थियो । निषेधाज्ञा र कर्फ्यू हटेसँगै जनजीवन सामान्य बन्न थालेको छ ।
परिवतर्नकारी जेनजी समूहको भावनाअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मुलुकको जनजीवन सामान्य बनेको हो । असाधारण अवस्थालाई सामान्य बनाउन नेपाली सेनाले राम्रो भूमिका खेलेको थियो । सेनाको भूमिकालाई लिएर धेरैले प्रशंसा गरेका छन् ।
जल्दै गरेको सिंहदरवार