सेयर बजारको समस्या अध्ययन गर्न कार्यदल

फाइल तस्बिर अर्थ मन्त्रालय
टुरिजमफेस
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सेयर बजारका समस्या अध्ययन गर्न ४ सदस्य रहेको कार्यदल गठन गरेका छन् । नेपाल धितोपत्र बोर्डको कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्य कार्यदल गठन गरिएको हो ।
अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार पुँजीबजारमा तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि कदम चाल्नुपर्ने भएकाले प्रणालीगत र प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्यदल गठन भएको हो ।
कार्यदलमा धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक केसी संयोजक छन् भने नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेप्सेका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल सदस्य छन् । कार्यदलको सदस्यसचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला छन् ।
फाइल तस्बिर अर्थ मन्त्रालय