यति एयर धारा नेपालगन्ज म्याराथनको पार्टनर

टुरिजमफेस
नेपालगन्ज । यति एअर धारा नेपालगन्ज म्याराथनको पार्टनर बनेको छ । यही मंसिर ६ गते हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरूमा यति एयरलाइन्सले सघाउने गरी सम्झौता भएको हो ।
यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा नेपालगन्ज म्याराथनका प्रोगाम म्यानेजर कपिल थापाले सम्झौतापत्र आदानप्रदान गरे । म्याराथनहरूमा सहभागिताको अवसर प्रदान गर्ने वातावरण बनाउँदै अगाडि बढेको एम्सका नेपाल प्रतिनिधि एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताएका छन् । धारा नेपालगन्ज म्याराथन ११ वर्षदेखि निरन्तर सन्चालन हुँदै आएको छ ।