दसैँको उत्तम साइत ११ः५३ मिनेटमा, टीका लगाउँदा कता फर्किने ?

टुरिजमफेस
काठमाडौं । बडादसैँको मुख्य दिन अर्थात् आज विजया दशमी । विजयादशमीको दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै हर्षोल्लासपूवर्वक मनाइँदै छ । दशैँको टीका पूर्णिमासम्म लगाउन सकिने भए पनि उत्तम साइत खोज्नेका लागि बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पचांग निर्णायक विकास समितिले जनाएको छ ।
दशैँको टीका अग्रजबाट लगाउन् चलन छ । टीका र जमरालाई आशीर्वादको रूपमा लिइन्छ । विजयादशमीका लागि टाढा टाढाबाट घरसम्म पुग्ने गर्छन् ।
यसैबीच दशैँको टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्कनु राम्रो मान्ने गरिन्छ ।