एयर एसियाले पुनः थाल्यो भैरहवाबाट उडान
टुरिजमफेस
काठमाडौं । एयर एसियाले पुनः भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको छ । उसले सातामा आइतबार र बुधबार बैंकक–भैरहवा–बैंकक नियमित उडान गर्ने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।
तिवारीले एअर एसियासँगै अब अन्य हवाई कम्पनीले पनि भैरहबाट अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरिरहेको बताए । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपनि उडान हुन नसकेका कारण जनलहरमा विरोध भइरहेको छ ।
खासगरी सरकारले हवाई कम्पनीहरूलाई उडानका लासिग आकर्षित गर्न नसकेको गुनासो रहँदै आएको छ । हवाई उडान हुने आशाले भैरहवामा क्षेत्रमा अर्बौ लगानीमा होटल, रेष्टुरेन्ट स्थापना गरिएका छन् । तर अहिले पर्यटकको अभावमा ती होटल बन्द हुने अवस्थामा पुगेको पर्यटन व्यवसायीको गुनासो छ ।
