हरि खड्का फुटबलको मुख्य प्रशिक्षकमा नियुक्त
 
																	
																टुरिजमफेस
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा हरि खड्कालाई नियुक्त गरिएको छ । नवनियुक्त प्रशिक्षक खड्कालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गरे ।
सिनियर महिला फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक खड्का हाल एन्फाको ‘टेक्निकल डाइरेक्टर’ समेत छन् । राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षकले राजीनामा दिएपछि रिक्त पदमा अन्तरिम कालका लागि खड्कालाई नियुक्त गरिएको बताइएको छ ।

 
																	 
																	 
																	 
																	 
																	