धार्मिक पर्यटकीय गन्तव्य बन्दै सुर्खेतको गंगामाला देउतीबज्यै मन्दिर
टुरिजमफेस
सुर्खेत । विरेन्द्रनगरस्थित गंगामाला देउतीबज्यै (देवी)को मन्दिर धार्मिक आस्थाको केन्द्रसँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपक विकास भएको छ ।
सुर्खेत पुुग्ने पर्यटकले नछुटाउने गन्तव्यका रूपक चासो र चर्चा कमाइरहेको यो मन्दिर कर्णाली प्रदेशभित्रका महत्वपूर्ण तीर्थस्थलमध्येमा पर्दछ ।
देउती बज्यै (देवी)को मन्दिर निकै चर्चित र पुरानो मन्दिरका रूपक रहेको पुजारी अनिशा राजीले जानकारी दिए । मन्दिरमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेको उनले बताए ।
मन्दिरको उत्पत्तिका सम्बन्धमा रोचक किंवदन्ती रहेको छ । एक जना राजी र बालिकासँग सम्बन्धित किंवदन्ती बढी रूपक प्रचलित छ । किंवदन्तीअनुुसार प्राचीन कालमा यस क्षेत्रमा राजी (जात ) परिवारका मानिस बस्ने गर्दथे । उनीहरूको मुख्य पेशा तथा व्यवसाय माछा मार्ने थियो । एक जना राजीले मन्दिरको पूर्वदक्षिणस्थित भेरी नदीमा एउटी बालिका नदीमा बग्दै आएको देखेछन् । राजीले उनलाई घरमा ल्याई पालनपोषण गरेछन् । उनको नाम गंगामाला राखिएछ । पछि कन्याको उमेर बढ्दै गएपछि विवाहको तयारी गरिएछ । विाहका लागि बर खोजेर विवाहमण्डपमा ल्याउने भन्दा एकाएक ती गंगामाला हराइछन् । पछि आकाशवाणी भएछ । तिनै गंगामालाले ‘म देउती बज्यै (देवी) हुँ, मलाई कुनै दुःख पर्दा सम्झनू । मेरो वाहन सिंहलाई पशुवलि दिनुु । ’ भनिछन् र सो स्थानमा गंगामाला भगवतीको मन्दिर बनाई ‘देउती बज्यै’ का रूपक मूर्ति राखी पूजाआजा गरिदै आइएको छ । मन्दिरका सम्बन्धमा अन्य विभिन्न किंवदन्ती पनि पाइन्छ । मन्दिरमा राजी परिवारबाट नियमित पूजाआजा हुँदै आएको छ ।
मनले चिताएको पुुग्ने विश्वासका साथ देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेको मन्दिरका पूजारी अनिशा राजीले जानकारी दिए । उनका अनुसार हाल मन्दिरमा पाँचवटा राजी परिवारका सदस्यले पालो लगाएर पूूजाआजा गर्दै आएका छन् ।
