मोबाइल बैंकिङ प्रयोगकर्तालाई ग्लोबल आइएमई बैंकको आइफोन जित्ने योजना सार्वजनिक
टुरिजमफेस
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १७ प्रदान गर्नेछ।
साथै, यस योजनाअनुसार बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत् रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखे वापत हरेक दिन (योजना अवधिभर) सामसुङ इएरबड जित्ने समेत अवसर रहेको छ।
यो योजना मंसिर १५ गतेदेखि पुस २५ गतेसम्म लागू रहने बैंकले जनाएको छ। यस योजनामा सहभागी हुन योजना अवधिभर ग्लोबल स्मार्ट प्लसबाट फोनपे डाइरेक्टप्रयोग गरी न्यूनतम् ३ पटक रकमान्तर गरेको हुनपर्नेछ।
ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ।
