एनपीएल दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सलाई
टुरिजमफेस
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटको हराउँदै लुम्बिनी विजयी भएको हो ।
लुम्बिनीका कप्तान रोहित पौडेलले हृयाट्रिक विकेट लिएपछि टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिम १९.१ ओभरमा मात्र ८५ रनमा अलआउट भयो । एनपीएल इतिहासमा यो नै पहिला ब्याटिङ गरेको टोलीले बनाएकोसबैभन्दा कम स्कोर रह्यो ।
सुदूरपश्चिम गत वर्ष पनि उपविजेता बनेको थियो । गत वर्ष सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
