यी हुन् एनपीएल सिजन–२ मा सर्वाधिक पुरस्कार जित्ने खेलाडी
टुरिजमफेस
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन– २ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नै सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् । लुम्बिनी लायन्सका कप्तानसमेत रहेका उनले सर्वोत्कृष्ट खेल प्रदर्शन गर्दा ओमोडा कार पुरस्कार पनि जिते ।
उनीसँगै लुम्बिनी लायन्सकै शेर मल्ल प्रतियोगिताको उत्कृष्ट उदीयमान खेलाडी बन्न सफल भए र पल्सर बाइक पुरस्कार हात पारे । लुम्बिनीकै रुवेन ट्रम्पलम्यान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्न सकेका कारण ५ लाख नगद पुरस्कार पाए ।
प्रतियोगितामा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर बन्न सकेका कारण उनले पनि पल्सर बाइक पुरस्कार पाए । सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका लुम्बिनीका कप्तान रोहित पौडेल प्रतियोगितामा उत्कृष्ट ब्याटर पनि बन्न सफल भएकाले पल्सर बाइक जित्न सफल भए ।
