नेपाल लाइफ समृद्धि लगानी योजना सेबोनद्वारा स्वीकृत
टुरिजमफेस
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामूहिक लगानीका लागि आफ्ना इकाइहरू बिक्रीमा ल्याउने भएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट प्रति इकाइ अंकित मूल्य रु. १०÷– दरको १६ करोड इकाइले हुन आउने १ अर्ब ६० करोड रूपैयाँ बराबरको फण्ड जारी गर्न अनुमति प्राप्त भएको छ ।
नेपाल लाइफको यो पहिलो बन्दमुखी योजना हो र यसको अवधि १० वर्षको रहेको छ । निष्काशन हुन लागेको नेपाल लाइफ समृद्धि लगानी योजनाको इक्रा नेपाल लिमिटेडबाट डबल ए रेटिङ प्राप्त गरेको छ ।
कम्पनीले बिक्रीबाट संकलित रकम धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य साधनहरुमा निष्काशन पश्चात् लगानी गर्ने जनाएको छ ।
