सन २०२५ मा विदेशी पर्यटकको आगमन ११ लाख ५८ हजार ४५९, यस्तो छ पर्यटक उत्पादन बजार
टुरिजमफेस
काठमाडौं। सन २०२५ मा ११ लाख ५८ हजार ४५९ जना विदेशी पर्यटको नेपाल आगमन भएो छ । जुन गत वर्ष २०२४ को आगमन भन्दा अलि बढी र महामारी अघिको अवधिको तुलनामा ९७ प्रतिशत रिकभरी भएको जनाइएको छ ।
अन्तिम महिना डिसेम्बरमा ९८ हजार १९० अन्तर्राष्ट्रिय पर्यटकको आगमन भएको छ, जुन डिसेम्बर २०२४ को महिनाको तुलनामा ७ प्रतिशत बढी भएको र डिसेम्बर २०१९ को महिनामा महामारी अघिको आगमनको तुलनामा ९७ प्रतिशत रिकभरी भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यस्तो छ सन २०२५ (जनवरी-डिसेम्बर)का लागि शीर्ष ५ पर्यटक उत्पादन बजार
भारतः २९२,४३८ (२५.२ प्रतिशत)
संयुक्त राज्य अमेरिकाः ११२,३१६ (९.७ प्रतिशत)
चीनः ९५,४८० (८.२ प्रतिशत)
बेलायतः ५८,६८४ (५.१ प्रतिशत)
बंगलादेशः ५७,५४५ (५.० प्रतिशत)
२०२५ (जनवरी-डिसेम्बर) को क्षेत्रगत वितरण
दक्षिण एसिया (सार्क): ४०८,१०३ (३५.२ प्रतिशत)
एसिया (अन्य): २५३,३११ (२१.९ प्रतिशत)
युरोपः २२१,०१८ (१९.१ प्रतिशत)
अमेरिकाः १३५,५०३ (११.७ प्रतिशत)
महासागरः ५३,६९५ (४.६ प्रतिशत)
मध्य पूर्वः २०,५०४ (१.८ प्रतिशत)
अफ्रिकाः ४,३२० (०.४ प्रतिशत)
अन्यः ६२,००५ (५.५ प्रतिशत)
अन्य वित्तीय सूचकहरू (आर्थिक वर्ष ८२-८३)
आर्थिक वर्ष ८२-८३ श्रावण देखि कार्तिकमा विदेशी मुद्रा आम्दानीः २७१५२.५५ मिलियन।
आर्थिक वर्ष ८२-८३ श्रावण देखि मंसिर सम्म पर्यटनमा प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धताः ४७६ परियोजनाहरूमा नेरु. ३०,२६३ मिलियन
