ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिपमा
टुरिजमफेस
काठमाडौं । नेपालमा वेलनेस तथा स्पा सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै ट्रान्क्यूलिटी स्पाले ग्वार्काे स्थित रोयल ट्युलिप काठमाडौंमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखामा आधुनिक पूर्वाधार, अनुभवी थेरापिस्ट तथा गुणस्तरीय सेवाको संयोजनमार्फत ग्राहकहरुलाई विश्वस्तरीय सेवा प्रदान गरिन्छ ।
पूर्णरूपमा सुविधा सम्पन्न यस शाखामा वेलनेसका सम्पूर्ण सुविधा जस्तै थर्मल हाईड्रो थेरापी, परम्परागत मसाज थेरापी, गुण्स्तरीय सैलुन, स्विमिङ्ग, तथा जिम सेवा प्रदान गरिन्छ । ग्राहकहरुले ललितपुरमा पनि पूर्णरुपमा सुविधा सम्पन्न वेलनेस तथा हेल्थ क्लब शाखा थप्न आग्रह गरेपछि कम्पनीले यो शाखा विस्तार गरेको जनाएको छ ।
विगत २ दशकदेखि स्पा तथा वेलनेस संस्कृतिको प्रवद्र्धन गर्दै ट्रान्क्यूलिटी स्पाले देशभरि १८ वटा भन्दा धेरै शाखाहरु सञ्चालनमा ल्याइसकेको छ । द सोल्टी काठमाडौं, रमादा बाई विन्डहम, होटल शंकर, चन्द्रागिरि हिल्स, रोयल टुलिप चितवन, फिसटेल लजबाई अन्नपूर्ण, माउण्टेन ग्लोरी, सिदार्थ भिलासा लगायत देशका विभिन्न प्रतिष्ठित होटलहरूमा सेवा विस्तार गरिसकेको यस कम्पनीले मलेसियामा रहेको शाखाद्वारा पनि उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीका प्रमूख परिचालन अधिकारी रनिल फैजुले नयाँ शाखा सञ्चालनले राजधानीमा उच्चस्तरीय वेलनेस सेवाको पहुँच विस्तार हुने विश्वास व्यक्त गरे । कम्पनीका अध्यक्ष भुवन फैजुले प्रमूख पर्यटकीय तथा आतिथ्य क्षेत्रमा गुणस्तरीय स्पा सेवा विस्तार गर्नु संस्थाको दीर्घकालीन रणनीति रहेको बताए । यस पहलले वेलनेस पर्यटनको विकासमा योगदान पुग्ने उनको भनाइ छ ।
