राहदानी दुरुपयोग आरोपमा परराष्ट्रका सहसचिव भट्टराई सिआइबी नियन्त्रणमा
काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानीसम्बन्धी कसुरको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ।
सिआइबीले काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो। ब्युरोका अनुसार उनीमाथि राहदानी ऐन विपरीत कार्य गरेको आशंकामा अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार ट्राभल डकुमेन्ट प्राप्त गर्न कानुनी रूपमा अयोग्य रहेका व्यक्तिलाई आवश्यक कागजात तयार गरिदिएको आरोपमा भट्टराईमाथि अनुसन्धान भइरहेको छ।
सिआइबीले घटनासम्बन्धी थप प्रमाण संकलन तथा कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।
