नेपालमा स्थलमार्गबाटै लाखौं भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिन्छ : पर्यटनमन्त्री तामाङ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको बताएका छन्।
चितवनको देवघाटधाम संरक्षण प्रतिष्ठानले निर्माण गर्न लागेको अष्टधातु शिवमूर्तिको शिलान्यास गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन्।
उनले नेपालमा हवाई मार्गबाट मात्र नभएर स्थलमार्गबाट पनि लाखौँको संख्यामा भारतीय धार्मिक पर्यटक ल्याउन सकिने बताए।
अष्टधातु शिवमूर्ति निर्माणका लागि प्रधानमन्त्रीसँगको सल्लाहमा बजेट व्यवस्था गरिएको जानकारी दिँदै देशको विकास र समृद्धिको एउटा आधार पर्यटन भएकाले त्यसमा धार्मिक पर्यटनको पनि भूमिका हुने उल्लेख गरे ।
उनले राज्य धर्म निरपेक्ष भएकाले सबै धर्मलाई समान रूपले हेर्ने भन्दै नेपालमा सबै खाले धार्मिक पर्यटक आउने गरेको पनि उल्लेख गरे।