चराचुरुङगीहरुको प्रजनन समय भएको भन्दै चितवनको जंगल सफारी बन्द

१३ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हुने व्यावसायिक जंगल सफारी यहि असार १६ गतेदेखि बन्द हुने भएको छ ।
बिहीबार निकुञ्जले सूचना जारी गर्दै असार १६ गतेदेखि निकुञ्जमा सञ्चालन हुने व्यावसायिक जंगल ड्राइभ (सफारी) बन्द रहने जानाएको हो ।
निकुञ्जमा पाइने अधिकांश वन्यजन्तु तथा चराचुरूङ्गीहरुको प्रजनन्का लागि वर्षायाम उपर्युक्त समय भएको साथै यस अवधिमा निकुञ्जभित्रका वनपथहरू बिग्रिने, जंगलमा भएका साना खोला-खोल्सीमा भलबाढी आउने, रूख लडेर बाटो अवरूद्ध हुनेलगायतका कारणले पर्यटकहरूलाई असहज अवस्था सृजना हुने भएकाले बन्द गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकालेको सूचनामा उल्लेख गरिएको छ ।
