लगातार चौथो महिना पनि घटे नेपाल आउने पर्यटक, पर्यटनमा पनि भारतकै भर पर्दै नेपाल
काठमाडौं । सन् २०२४ को जुन महिनामा ७६ हजार ७३६ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
यससँगै सन् २०२४ को ६ महिनामा ५ लाख ८३ हजार १६ पर्यटक नेपाल भित्रिसकेका छन् ।
पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ७९ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६ र मे मा ९० हजार २११ पर्यटक नेपाल भित्रिएका थिए ।
जुन महिनामा भित्रिएका पर्यटकमध्ये सबैभन्दा धेरै ३७ हजार ८३५ भारतीय पर्यटक भित्रिएका छन् ।
त्यस्तै अमेरिकाबाट ८ हजार २८१, चीनबाट ७ हजार ४९४, बंगलादेशबाट ३ हजार ८५७, बेलायतबाट एक हजार ९६९, अष्ट्रेलियाबाट एक हजार ५८९ पर्यटक नेपाल भित्रिएका छन् ।
