रुकुम पश्चिममा बाढी, तीन बालिकाको मृत्यु
टुरिजमफेस
मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १२ मा बाढीका कारण घर भत्किँदा तीन बालिकाको मृत्यु भएको छ । आठविसकोटका मेयर रवि केसीका अनुसार बगर भन्ने ठाउँमा बाढी जाँदा तीन बालिकाको मृत्यु भएको हो । उनका अनुसार मृत्यु हुनेमा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिषा पुन, ४ वर्षीया मनिषा सार्की हुन् ।

बाढीमा परी ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता भएकी छन् भने ७ जना घाइते भएका छन् । वर्षाका कारण सडक अवरुद्ध भएकाले घटनास्थल पुग्न ढिलाइ भएको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलले बताए ।
