यसरी गरियो जहाज दुर्घटनामा परेकाको उद्धार
टुरिजमफेस
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाम परेकोको उद्धार कार्य सकिएको छ ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार जहाजमा रहेका १५ जनाको मृत्यु भएको छ भने दुर्घटनास्थलबाट प्रहरीले एक जनाको उद्धार गरेको छ ।
सौर्यको ९ एन–एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ः१५ मिनेटमा दुर्घटनामा परेको थियो । जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो ।
जहाज मर्मतको लागि पोखरातर्फ उडान गर्ने क्रममा थियो । जहाजमा सबै सोही एअरलाइन्सकै कर्मचारीहरू रहेको प्रहरीले जनाएको छ । जहाजमा रहेका ३७ वर्षीय क्याप्टेन मनीष शाक्यलाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार शाक्यलाई आँखामा चोट लागेको छ र उनी बोल्न सक्ने अवस्थामा छन् । पोखराको लागि उडान गर्ने क्रममा जहाज विमानस्थलको खाली ठाउँमा खसेको थियो ।
दु

