कर्णालीमा पर्यटन : दुई करोड १४ लाख राजस्व सङ्कलन
डोल्पाको जगदुल्ला ताल डोल्पा, ६ साउनः डोल्पाको जगदुल्ला गाउँपालिकामा पर्ने जगदुल्ला ताल । यो ताल समुद्री सतहबाट चार हजार सातसय मिटर उचाइमा पर्दछ । नौ लाख देवीदेवताको बासस्थानको रुपमा चिनिने यो ताल डोल्पाको प्रमुख तीर्थस्थल पनि हो । प्राकृतिक रुपमा सुन्दर यो ताल प्रचारप्रचार हुन नसक्दा ओझेलमा परेको छ । तस्बिरः रामचन्द्र न्यौपाने÷रासस
कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटकीय क्षेत्रबाट रु दुई करोड १४ लाख ७५ हजार नौ सय १७ राजस्व सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट रु ४१ लख १२ हजार दुई सय, सुर्खेत प्रादेशिक सहिद पार्कबाट रु ९० लाख ९० हजार, काक्रेबिहारबाट रु ११ लाख ५० हजार तीन सय र बुलबुले उद्यानबाट रु ७१ लाख १४ हजार चार सय १७ राजस्व सङ्कलन गरेको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख प्रशासकीय अधिकृत देवकुमारी शाहीका अनुसार से–फोक्सुण्डो ताल, गुराँसे गाउँपालिकामा रहेको दैलेख ‘भ्यूटावर’बाट सङ्कलन भएको राजस्व यसमा समावेश भएको छैन ।
पर्यटकीय स्थलले युक्त कर्णालीका सल्ल्यानको कुपिण्डे ताल, रुकुमपश्चिमको स्यार्पुताल, जुम्लाको गिडी दह, चन्दननाथ मन्दिर, कनकासुन्दरी, डोल्पाको त्रिपुरासुन्दरी, कालिकोटको पचाल झरना, दैलखेको पञ्चकोशी, दुल्लु दरबार, गढी क्षेत्र, हुम्लाको लिमी उपत्यका, जाजरकोट दरबार, सुर्खेतको बराहताल, जाजुरा दहलगायत स्थानको अभिलेख पनि मन्त्रालयसँग नभएको उनले बताए । रासस