एयर एसियालाई भैरहवाबाट हप्तामा ४ उडान गर्न अनुमति

टुरिजमफेस
काठमाडौं । एअर एसियाले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा ४ वटा उडान भर्ने अनुमति पाएको छ । एअर एसिायले सातामा गर्ने सात उडानमध्ये ४ वटा भैरहवाबाट गर्ने अनुमति पाएको हो ।
कोभिड महामारीका कारण उडान बन्द गरेको ५ वर्षपछि एअर एसियाले नेपालमा पुनः उडान गर्न थालेको हो । नेपालमा उडान अनुमति पाएको यो वायुसेवाले थाइ एयर एसियाको नाममा थाइल्याण्डबाट उडन गर्नेछ । नेपाल नागरिक उड्डयन प्राधिरकणका प्रवक्ता हंसराज पाण्डेले एअर एसियाले विगतमा तिर्नुपर्ने बक्यौता सबै चुक्ता गरेर उडान अनुमति पाएको बताए । यसअघि मलेसियाबाट काठमाडौंका लागि ६ वर्ष उडान गरेर बन्द गरेको थियो भने अब थाइल्याण्डबाट भैरहवा र काठमाडौंमा उडान गर्न लागेको हो । एयर एयसियाले पुनः नेपालमा उडान गर्न बक्यौता तिर्न थालेको, युनिभर्सल ट्राभल एण्ड टुर्सलाई जनरल सेल्स एजेन्ट तोकेको छ ।