सगरमाथाको सफल आरोहण गर्ने ४६ आरोहीलाई सम्मान
mountaineer honnerd
टुरिजमफेस
काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने ४६ आरोहीहरूलाई सम्मान गरिएको छ । पर्यटन क्षेत्रको विकास तथा सम्वद्र्धन र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएबापत उनीहरूलाई सम्मान गरिएको हो । पर्यटन क्षेत्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका आरोहीहरूलाई ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले सम्मान गरेको हो । आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृति, नागरिक उड््डयन तथा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले आरोहीहरूलाई सम्मान गरे । ओखलढुंगाबाट प्रथम पटक सगरमाथा आरोहण गर्ने खिजीदेम्बा–९ खुन्दुर्के निवासी दोजी शेर्पा, २२ पटक सगरमाथा आरोहण गर्ने खिजीदेम्बा–९ मैदानेका जाङबु शेर्पा, सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने जम्बले शेर्पा, अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शकद्वय खिजीदेम्बा–५ मेलेका लाक्पा शेर्पा र खिजीदेम्बा–२ नस्पु निवासी गेल्जे शेर्पालाई सम्मान गरियो । त्यसैगरी ओखलढुंगाकै पहिलो महिला कीर्तिमानी आरोही खिजीदेम्बा–९ रिपाल निवासी माया शेर्पा, तामाङ समुदायबाट खिजीदेम्बाका प्रथम आरोही शुभराज तामाङलगायतलाई गाउँपालिकाको तर्फबाट सम्मान गरियो ।
सोही कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले स्वालम्बी कीर्तिमानीहरूलाई सम्मान गर्नु सहनीय रहेको बताए । खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले आरोहीहरूको सम्मानलाई राजनीति गरेको नठान्न आग्रह गरे । गाउँपालिका उपाध्यक्ष सुशिला तामाङले धेरै अगाडिदेखि हिमाल आरोहणमा खिजिदेम्बा गाउँपालिकाबाट धेरै जाने गरेपनि पहिलोपटक सम्मान गर्र्ने मौका मिलेको बताइन् । उक्त कार्यक्रममा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, राजनीतिक दलका नेताहरू, जिल्लाका विभिन्न गाउँपालिकाका जनप्रतिनधिहरू, पूर्व जनप्रतिनिधिहरूलगायत नेपाल पर्ववतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पासहितको सहभागिता थियो । सम्मानितमध्ये एक सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले हिमाल आरोहण गरेको लगभग २३ वर्षपछि गाउँपालिकाले सम्मान गरेकोमा खुशी लागेको बताइन् ।
mountaineer honnerd
