हवाई भाडा घट्यो, अब कुन गन्तव्यमा कति भाडा ?

टुरिजमफेस
काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरूले विभिन्न गन्तव्यका लागि हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाएका हुन् । जस अनुसार २ सय ६५ रूपैयाँसम्मले हवाई भाडा घटेको छ । काठमाडौं विमानस्थलाई आधार बनाएर तय भएको भाडादरमा सबैभन्दा कम सिमराका लागि ४५ रूपैयाँ र सबैभन्दा बढी नेपालगन्ज उडान गर्दा २ सय ६५ रूपैयाँ घटेको छ । आयल निगमले १ सय ३७ रूपैयाँ प्रतिलिटको हवाई इन्धनको मूल्य घटाएर १ सय ३२ रूपैयाँ प्रतिलिटर कायम गरेको छ । नयाँ भाडादर अनुसार काठमाडौं विमानस्थललाई आधार बनाएर भएको उडानमा माउन्टेन फ्लाइटमा १ सय ७० रूपैयाँ, भद्रपुर १ सय ५० रूपैयाँ, विराटनगर १ सय २० रूपैयाँँ, भैरहवा १ सय ५ रूपैयाँ, जनकपुर ६५ रूपैयाँ, भरतपुर ५० रूपैयाँ र पोखरा ८० रूपैयाँँ इन्धनको मूल्य घटेको छ । वायुसेवा कम्पनीको लागि इन्धनको लागत घट्दा हवाई भाडा धनगढीमा २ सय २०, सुर्खेतमा १ सय ७५, नेपालगन्जमा १ सय ६५, राजविराजमा १ सय तुम्लिङटारमा ९०, सिमरामा ४५ रूपैयाँले घटेको छ ।