वायु सेवा निगमले तिर्यो असोज मसान्तसम्मको ऋणको किस्ता, ५३ करोड ९ लाख भुक्तानी
काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले जहाजको किन्दा लिएको ऋणको किस्ता तिरेको छ ।
नेवानिले दुई न्यारो बडी र दुई वाइड बडी गरी ४ जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । नेवानीले लिएको ऋणको असोज मसान्तसम्मको किस्ता बुझाएको हो ।
दुई न्यारो बडी जहाजको २०८१ असोजको किस्ता बापत पूरा र दुई वाइड बडीको आंशिक गरी ३० असोजका दिन ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरिएकफ निगमले जनाएको छ ।
पछिल्लो व्यवस्थापनले नेतृत्वले सम्हालेयता असोजसम्म ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५ सय ३३ रुपैयाँ किस्ता रकम तिरिसकेको निगमले जनाएको छ ।
