क्यान महासंघको अध्यक्ष पदमा सुनैना निर्विरोध

टुरिजमफेस
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)को अध्यक्ष पदमा सुनैना घिमिरे पाण्डे निर्विरोध चयन भएकी छिन् । नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष पदमा उनको मात्रै मनोनयन दर्ता भएको हो । सुनैनाले यसअघि महासंघको विभिन्न पदमा रहेर काम गरेकी छिन् ।जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक सुनैनाले सूचना प्रविधिको क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बटुलेकी सकेकी छिन् ।
महासंघमा मनोनितसहित ४३ सदस्यीय केन्द्रीय कार्यसमिति हुने र निर्वाचित सदस्यहरूले पदाधिकारी चुन्ने व्यवस्था छ । अन्य पदमा भने निर्वाचन हुनेछ ।