सगरमाथा क्षेत्रमा प्रवेश गर्ने सडकमा शुल्कः प्रतिसिट ५० रूपैयाँ

Khumbu-Pasang-Lhamu-Gaunpalika-10
टुरिजमफेस
काठमाडौं । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने यात्रुले शुल्क तिर्नु पर्ने भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्र प्रवेश गर्ने सडकमा प्रतिसिट ५० रूपैयाँ तिर्नुपर्ने नियम लगाएको छ ।
गाउँपालिकाले सूचना जारी गर्दै सडक मर्मत सम्भार शुल्कबापतको शीर्षकमा प्रतिसिट प्रतिपटक ५० रुपैयाँ शुल्क स्थानीय तहलाई बुझाउनुपर्ने भनिएको छ । गाउँपालिकाका अनुसार कुनै २० सिटे गाडी उक्त गाउँपालिकामा प्रवेश गर्दा हरेक पटक एक हजार रूपैयाँ सेवा शुल्क बुझाउनुपर्छ । गाउँपालिकाले लगाएको कर सवारी धनीहरूले यात्रुसँग उठाउन पाउनेछन् ।
त्यस्तै सडक मर्मत सम्भार शुल्क (ढुवानी साधन) का लागि पनि प्रतिक्विन्टल प्रतिपटक १० रूपैयाँ सेवा शुल्क तोकिएको छ । देश संघीयतामा गइसकेपछि स्थानीय तहलाई पनि प्राकृतिक स्रोत, साधनमा हक, अधिकार हुने व्यवस्था गरेको छ । संघीय र स्थानीय सरकारले दोहोरो कर उठाउन थालेपछि पर्यटकलाई भने मार पर्न सक्छ । दोहोरो कर नीतिले पर्यटकको संख्या घट्न सक्ने कतिपयको भनाइ छ ।
Khumbu-Pasang-Lhamu-Gaunpalika-10