प्रा.डा. खड्ग केसीलाई त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी

टुरिजमफेस
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले सोही विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी पाएका छन् । केही दिनअघि उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि रिक्त रहेको पदमा प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीले जिम्मेवारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्रिवि उपकुलपतिको अर्को व्यवस्था नहुन्जेलसम्मका लागि शिक्षाध्यक्ष केसीलाई उपकुलपतिको जिम्मेवारी तोकिएको सचिवालयले जनाएको छ ।