बेलायती राजकुमार बास बसेको गाउँमा खुल्यो होमस्टे

टुरिजमफेस
कास्की । बेलायतका हालका राजा र तत्कालीन राजकुमार चाल्र्स तृतीय बास बसेको कास्कीको स्याक्लुङ्कोट गाउँमा होमस्टे खुलेको छ । उनी २०३९ मा स्याक्लुङ्कोटमा बसेका थिए ।
५ घरबाट होमस्टे सुरूवात गरिएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद गुरुङले जानकारी दिए । पर्यटकलाई स्थानीय उत्पादन खुवाउने र गाउँमै आयआर्जन बढाएर बसाइँसराइ रोक्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको उनले बताए ।
स्याक्लुङ्कोटबाट अन्नपूर्ण हिमशृंखला र पोखरा देखिन्छ । पोखराको पृथ्वीचोक, विजयपुर, तालचोक, बेगनासताल, सुन्दरीडाँडा, तालबेँसी हुँदै ४० मिनेटमा स्याक्लुङ्कोट पुगिन्छ ।
तत्कालीन बेलायती राजकुमार चाल्र्स ४३ वर्षअघि हिँडेको बाटो ‘रोयल ट्रेक’ नामले परिचित छ । ट्रेकअन्तर्गत पर्ने स्याक्लुङ्कोट डाँडामा चाल्र्सले आफ्नो ४ रातको ट्रेकिङको दोस्रो रात बिताएका थिए ।