कला प्रदर्शनी तथा कला संरक्षण प्लेटफर्ममा ५० भन्दा बढी कलाकार

टुरिजमफेस
ललितपुर । हिमालयन आर्ट काउन्सिलले यही मे १५ देखि १७ सम्म पाटन संग्रहालयमा ‘थांका र पौभा’ कला प्रदर्शनीको तयारी गरेको छ । पहिलोपटक आयोजना हुन गइरहेको प्रदर्शनीमा नेपालका ५० भन्दा बढी कलाकारहरूको मौलिक कृति प्रस्तृत गरिने मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रदर्शनीको पहिलो दिन कलाकार, संग्राहक, प्रविधिविद् तथा अन्य पाहुनाहरूका लागि विशेष स्वागत समारोह गरिने आयोजक हिमालयन आर्ट काउन्सिलले जनाएको छ । सार्वजनिक प्रदर्शनी भने मे १६ र १७ मा हुनेछ । अयोजकका अनुसार यो प्रदर्शनी केवल एउटा कार्यक्रम मात्र नभई एक यात्रा हो । कार्यक्रमको मुख्य उेद्दश्य नेपाली परम्परागत कलालाई सम्मान, संरचना र दीर्घकालीन संरक्षण दिनका लागि नवीन डिजिटल प्लेटफर्म तयार गर्नु रहेको छ । प्रदर्शनीलाई भव्य बनाउन मीना लामा, कैलाश श्रेष्ठलगायतको टोली क्रियाशील रहेको छ ।