नेको इन्स्योरेन्सको साधारणसभा : शेयरधनीलाई ८.४२ प्रतिशत बोनस, पुँजीवृद्धि बारे के भयो निर्णय ?

नेको इन्स्योरेन्सको साधारणसभा
टुरिजमफेस
काठमाडौं । देशको निर्जीवन बीमा बजारमा २९ वर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्स लिमिटेडले आज आफ्नो २९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभाले आर्थिक वर्ष २०७९/०८० का लागि कम्पनीको वार्षिक प्रतिवेदन पारित गर्दै शेयरधनीहरूलाई ८.४२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षता रमेशकुमार तिमिल्सिनाले गरेका साधारण सभामा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले कम्पनीको वित्तीय स्थिति, भविष्य योजना र सुधारात्मक रणनीतिबारे जानकारी गराएका थिए । सभामा शेयरधनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सभाले लेखापरीक्षक नियुक्ति, पूँजी वृद्धि तथा शेयर जारी प्रस्ताव लगायतका एजेन्डाहरू सर्वसम्मत पारित गरेको छ । लेखापरीक्षकको रूपमा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षक नियुक्त गर्न पनि स्वीकृति प्रदान गरिएको छ ।
सभामा अध्यक्ष तिमिल्सिनाले कम्पनीको दीर्घकालीन सफलता र स्थायीत्वमा शेयरधनी, ग्राहक तथा नियामक निकायप्रतिको आभार व्यक्त गर्दै अझै प्रभावकारी सेवा विस्तारमा केन्द्रित हुने बताए ।
नेको इन्स्योरेन्सको साधारणसभा