राजावादीको बन्द फिर्ता, यातायात व्यवसायीको कायमै

यातायात व्यवसायीले गरेको बन्दका कारण सुनसान काठमाडौंको सडक
टुरिजमफेस
काठमाडौं । कमल थापा, दीपक सिंहलगायतका व्यक्तिहरू पक्राउको विरोध गर्दै राजसंस्था समर्थकहरूले गरेको काठमाडौं उपत्यका बन्द आह्वान फिर्ता लिएका छन् ।
उनीहरूले सोमबार काठमाडौं, भक्तपुर, ललितपुर बन्द आह्वान गरेका थिए । बन्द गर्ने वा नगर्ने भन्नेबारे आयोजकबीच मत बाँझिएको बेला प्रहरीलेप्रदर्शनको क्रममा हिरासतमा लिइएका सबै नेताहरू रिहा गरेकाले बन्द फिर्ता लिएको संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जानकारी दिएको छ ।
तर यातायात व्यवसायीहरूले भने बन्द जारी राखेका छन् । उनीहरूले विभिन्न माग राखेर काठमाडौं उपत्यकासहित देशभरि यातायात बन्द गर्दा पर्यटकसहित सर्वसाधारण समस्यामा परेका छन् । काठमाडौं उपत्यकामा सोमबार बिहानैदेखि सार्वजनिक यातायातका साधनहरू ठप्पप्रायः छन् । यातायातका साधान नचल्दा वद्यिार्थी, कामकाजी मानिसहरूलाई निकै समस्या भइरहेको छ । स्वार्थ पूरा गर्न बन्द जस्ता कार्यक्रम गर्न नहुने आवाज उठ्दै आए पनि नेपालमा बन्द गर्ने चलन अझै हट्न सकेको छैन ।
बन्दले सर्वसाधारणलाई हैरानी दिनुको साथै देशको अर्थतन्त्रमा समेत अप्ठेरो पार्छ ।
यातायात व्यवसायीले गरेको बन्दका कारण सुनसान काठमाडौंको सडक