मनोज ज्ञवाली नबिल बैंकको सीईओमा नियुक्त

मनोज ज्ञवाली
टुरिजमफेस
काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । यसअघि कायममुकायको जिम्मेवारीमा रहेका ज्ञवालीलाई बैंक सञ्चालक समितिको निर्णयले सीईओ नियुक्त गरेको हो ।
उनी गत चैत १३ गतेदेखि नबिल बैंकको कायमुकायम सीईओमा बढुवा भएका थिए । चार्टर्ड एकाउन्टेन्ट समेत ज्ञवालीको बैंकिङ क्यारिअर नेपाल राष्ट्र बैंकबाट सुरु भएको हो । नबिल बैंकमा आउनुअघि उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका छन् ।
मनोज ज्ञवाली