अमर थापा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा निर्वाचित

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा निर्वाचित अमर थापा
टुरिजमफेस
काठमाडौं । अधिवक्ता अमर थापा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा निर्वाचित भएका छन् । उनी प्रतिस्पर्धी ओमप्रसाद थपलियालाई ४३ मतले पछि पार्दै विजयी भएका हुन् । थपलियाले २१३ मत पाउँदा थापाले २५६ मत पाए ।
महिला उपाध्यक्षमा हिमादेवी बस्नेतलाई पछि पार्दै यसोदादेवी खरेल निर्वाचित भइन् । खरेलले ३०५ र बस्नेतले १५२ मत प्राप्त गरे ।
त्यस्तै खुला उपाध्यक्ष पदमा भिसेन बन्जारा निर्विरोध निर्वाचित हुँदा महासचिवमा भुवनप्रसाद निरौला निर्वाचित भए । निरौलाले १६३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी शिव अर्यालले ११६ मत पाए ।
उपमहासचिव पदमा बाबुराम राई, सचिवमा युवककुमार गौतम र मुकुन्द प्रसाद अधिकारी निर्वाचित भए भने कोषाध्यक्षमा कुमार घिमिरे विजयी भएका छन् ।
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा निर्वाचित अमर थापा