ग्वार्को ओभरपास सञ्चालनमा

टुरिजमफेस
काठमाडौँ । यात्रुले जामको सास्तीबाट मुक्ति पाउने अपेक्षाका साथ ललितपुरको ग्वार्कोमा निर्माण गरिएको ओभरपास सञ्चालनमा आएको छ ।
२०७८ फागुनदेखि निर्माण कार्य थालिएको उक्त ओभरपासले ग्वार्को क्षेत्रमा सवारी साधन चलाउनेलाई सहज हुनेछ । ग्वार्को ओभरपासको लम्बाइ ५७६ दशमलव २ मिटर छ ।
ओभरपासको प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले गरे । काठमाडौंलगायत सहरी क्षेत्रको ट्राफिक जाम अन्त्यका लागि ओभरपास, अन्डरपास आवश्यक ठानिएको छ । यद्यपि नेपालमा ओभरपास, अन्डरपास बन्ने क्रम भर्खर सुरु भएको छ । यसअघि चीनको सहयोगमा कलंकीमा अन्डरपास बनेको थियो ।