यसरी हेर्न सकिन्छ एसइईको नतिजा

टुरिजमफेस
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा (एसइई)–२०८१ को नतिजा सार्वजनिक गरेको छ ।
जस अनुसार परीक्षामा सहभागी ४ लाख ३८ हजार ८ सय ९६ विद्यार्थीमध्ये ४८ हजार १ सय ७७ ले ३.६ देखि ४ जिपिए ल्याएका छन् । ८१ हजार ३ सय ८५ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएको परीक्षा बोर्डले जनाएको छ ।
८९ हजार १ सय २४ जनाले २.८ देखि ३.२ जिपिए ल्याउँदा २.४ देखि २.८ जिपिए ल्याउने परीक्षार्थीको संख्या ४८ हजार ४ सय ७९ छ ।
उक्त परीक्षामा पोहोरभन्दा झन्डै १४ प्रतिशत बढी ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।
परीक्षार्थीले बोर्डको वेबसाइट https://neb.gov.np/ बाट एसइईको नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ । साथै ल्यान्डलाइन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि नतिजा हेर्न सकिन्छ ।