पर्यटन कर्जा : अब आधार दरमा बढीमा २ प्रतिशत मात्रै प्रिमियम, ७ प्रतिशतमै ऋण पाइने

खप्तडमा फुलेका फूल
टुरिजमफेस
काठमाडौं । पर्यटन व्यवसायका लागि दिइने कर्जामा पनि अब आधार दरमा बढीमा २ प्रतिशत बिन्दुले मात्रै प्रिमियम थप गरेर ब्याजदर निर्धारण हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीतिमा साना तथा मझौला उद्योग, कृषि र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई मात्रै दिइँदै आएको आधार दरमा बढीमा २ प्रतिशत मात्र प्रिमियम थप गरेर ब्याजदर निर्धारण गर्ने सुविधा अब पर्यटन व्यवसायलाई पनि दिन लागिएको हो ।
यो व्यवस्था कृषि औजार उत्पादन गर्ने र सूचना प्रवधि क्षेत्रमा पनि लागू हुने राष्ट्र बैंकले उल्लेख गरेको छ । यो सुविधा बढीमा २ करोड रुपैयाँसम्मको कर्जा लिने उद्योगीहरुले मात्रै पाउने छन् । २ प्रतिशत प्रिमियम सिमाले अब पर्यटन व्यवसायका लागि लिने २ करोडसम्मको कर्जाको ब्याजदर ७ प्रतिशत हाराहारीमा आउने देखिन्छ ।
आधार दर बैंक पिच्छे फरक फरक हुने गरेको छ । २०८२ असारमा सबैभन्दा कम आधार दर स्ट्याण्डर्ड चार्टड बैंकको ४.९ प्रतिशत छ भने सबैभन्दा बढी एनआईसी एसिया बैंकको ७ प्रतिशत छ । यस हिसाबले पनि अहिले पर्यटनमा जाने २ करोड सम्मको कर्जाको न्युनतम ब्याजदर ६.९ र अधिकतम ९ प्रतिशत हुने देखिन्छ ।
राष्ट्र बैंकका अनुसार २०८२ बैशाखसम्म पर्यटन क्षेत्रमा वाणिज्य बैंकका अलवा नै करिब डेढ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । वाणिज्य बैंकबाट पर्यटनमा गएको कर्जा भने ऊर्जा र साना तथा घरेलु उद्योगकको शीर्षमकै समेटिएको छ । जुन करिब १० खर्ब रुपैयाँ हाराहारी रहेको छ ।
खप्तडमा फुलेका फूल