राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा देवकुमार ढकाल चयन

टुरिजमफेस
काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष चयन गरेको छ ।
शुक्रबारको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसँगै उनले पदभार ग्रहण गरेका छन् ।
ढकालसँग नेपाल राष्ट्र बैङ्कमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ ।
पछिल्लो समय राष्ट्र बैङ्कको निर्देशकको जिम्मेवारीमा रहेर कार्य गरेका ढकाल वित्तीय प्रणाली, बैंकिंग प्रशासन तथा नियमन प्रणाली विषयको जानकार छन् ।
विसं २०२२ स्थापना भएको राष्ट्रिय वाणिज्य बैङ्कले अहिले तीन सय नौ वटा शाखा कार्यालयमार्फत ७७ वटै जिल्लामा करिव ४७ लाखभन्दा बढि सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ ।
बैङ्क आफ्नो सेवालाई समय सापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विकासमा केन्द्रित रहेको छ ।