सुशीला कार्कीको अन्तरिम सरकारलाई भारतको स्वागत

टुरिजमफेस
काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारलाई भारतले स्वागत गरेको छ । कार्कीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकालेर नयाँ सरकारको स्वागत गरेको हो । भारतले अन्तरिम सरकारले शान्ति र स्थिरता कायम गर्न मद्दत पुग्ने भनेको छ ।
‘हामी सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ यसले शान्ति र स्थिरतालाई मद्दत गर्नेछ,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लेख्दै नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध समेत उल्लेख गरेका छन् ।
नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने भारतले जनाएको छ ।
त्यस्तै बेलायत, संयुक्त राष्ट्र संघले पनि नयाँ सरकारको स्वागत गर्दै मिलेर काम गर्ने बताएका छन् ।