जगदम्बा स्टील्स नियमानुसार बोनस वितरण गर्न तयार, श्रमिक युनियनले बोनशको विषयमा गरेको पत्रकार सम्मेलनप्रति ध्यानाकर्षण
टुरिजमफेस
काठमाडौं । जगदम्बा स्टील्स लि.ले श्रमिक युनियनले गरेको क्रियाकलापप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
जगदम्बा स्टील्स लि. को श्रमिक युनियनले मिति २०८२-०९-०८ गते श्रमिकहरुले प्राप्त गर्ने बोनशको विषयमा गरेको पत्रकार सम्मेलन र सो मा उठाइएका उद्योगको आन्तरिक विषयवस्तु र मिडियामा प्रकाशित तथा प्रशारित समाचारका विषयमा उद्योगको प्रेस विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
युनियनका पदाधिकारीहरुले प्रचलित बोनश ऐन, नियम बमोजिम आफुले प्राप्त गर्ने बोनश रकम नबुझी मनोमानि ढंगले बोनश रकम माग गर्ने र माग गरे बमोजिमको रकम प्राप्त नहुँदा व्यवस्थापनमा कार्यरत व्यक्तिहरुलाई धाकधम्की दिई उद्योग परिसरमा उपस्थित हुन असहज वातावरण सृजना गर्ने, आफु कार्यरत उद्योगको अहित हुने गरी मनगढन्ते र तथ्यहिन कुरा गरी पत्रकार सम्मेलन गर्नुको साथै उद्योग, कर्मचारी र श्रमिकहरुसँग असम्बन्धित व्यक्तिहरुलाई उपस्थित गराई उद्योगको विरुद्धमा गलत सन्देश प्रबाह गर्ने जस्ता कार्य कानूनी र व्यवहारिक रुपमा समेत सह्य नभएको विज्ञप्तिमा उल्लेख छ ।
साथै प्रचलित ऐन, नियम बमोजिम कर्मचारी तथा श्रमिकहरुलाई बोनश उपलब्ध गराउन तयार हुँदा समेत बोनश ऐनको बर्खिलाप हुनेगरि निजहरुले बोनश रकम माग गरेको र उक्त रकम नदिए हुलास स्टील उद्योग, त्रिवेणी स्पिनिङ उद्योग र भगवती स्टील इण्डष्ट्रिज उद्योगमा श्रमिक युनियनले उद्योगका पदाधिकारीहरुलाई गरेको दुव्र्यवहार जस्तै यस उद्योगमा पनि सोहि किसिमको व्यवहार गरिने धाकधम्की दिदै आउनुभएको र मिति २०८२-०५-२९ गते सोही किसिमको ब्यवहार समेत गरेको हुँदा उद्योग व्यवस्थापन पक्ष विगत ३ महिना देही उद्योग परिसरमा उपस्थित नभएको जनाएको छ ।
अन्ततः अभैmपनि कम्पनी बोनस ऐन, २०३० बमोजिम नियमानुसार बोनस वितरण गर्न तयार रहेको जानकारी गराएको छ ।
