काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ मा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । ‘क्रिकेट क्यालेन्डर–२०२६’ मा जनवरीदेखि डिसेम्बरसम्मका प्रतियोगिता, सिरिज र तयारी खेलहरूको विवरण समेटिएको छ ।
क्यानका अनुसार क्यालेन्डरमा पुरुष, महिला तथा उमेर समूहका टोलीका लागि तय गरिएका अन्तर्राष्ट्रिय खेल, घरेलु प्रतियोगिता र प्रशिक्षण कार्यक्रमहरू समावेश छन् । यसले नेपाली क्रिकेटको वर्षभरको गतिविधिलाई एकीकृत रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको क्यानले जनाएको छ ।
क्यालेन्डर सार्वजनिक भएसँगै राष्ट्रिय टोलीको तयारी, घरेलु क्रिकेटको समयतालिका र खेलाडी व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ । क्यानले यस कार्यतालिकालाई आवश्यकताअनुसार परिमार्जन गर्न सकिने पनि स्पष्ट पारेको छ ।
