नयाँ विधानमा रास्वपाले बनायो २८ विभाग, संगठन र नीतिगत काम छुट्टाछुट्टै संरचनामा
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो नयाँ विधानमार्फत पार्टीको संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउँदै २८ वटा विभाग गठन गर्ने व्यवस्था गरेको छ।
चितवनमा सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित विधानअनुसार पार्टीका विभागलाई दुई मुख्य समूहमा विभाजन गरिएको छ। पहिलो समूहअन्तर्गत संगठन सञ्चालन र परिचालनसँग सम्बन्धित १२ विभाग रहनेछन् भने दोस्रो समूहमा सार्वजनिक नीति तथा विभिन्न विषयगत क्षेत्र समेट्ने १६ विभाग रहने व्यवस्था गरिएको छ।
पार्टीले संगठन विस्तार, नीति निर्माण, जनसम्पर्क तथा विभिन्न क्षेत्रगत गतिविधिलाई प्रभावकारी बनाउन विभागीय प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले यस्तो संरचना तय गरेको जनाएको छ।
रास्वपाका २८ विभाग
सांगठनिक तथा परिचालनतर्फ (१२ विभाग)
- संगठन विभाग
- प्रशिक्षण विभाग
- सदस्यता तथा अभिलेख विभाग
- जनसम्पर्क तथा परिचालन विभाग
- निर्वाचन व्यवस्थापन विभाग
- स्थानीय तह समन्वय विभाग
- प्रदेश समन्वय विभाग
- सूचना तथा सञ्चार विभाग
- वित्त तथा स्रोत व्यवस्थापन विभाग
- अनुगमन तथा मूल्याङ्कन विभाग
- अन्तरपार्टी सम्बन्ध विभाग
- प्रवास तथा अन्तर्राष्ट्रिय समन्वय विभाग
सार्वजनिक नीति तथा विषयगततर्फ (१६ विभाग)
- अर्थ तथा योजना
- शिक्षा
- स्वास्थ्य
- कृषि तथा पशुपन्छी
- श्रम तथा रोजगार
- उद्योग, वाणिज्य तथा आपूर्ति
- पर्यटन, संस्कृति तथा नागरिक उड्डयन
- पूर्वाधार तथा भौतिक विकास
- ऊर्जा, जलस्रोत तथा सिँचाइ
- वन, वातावरण तथा जलवायु परिवर्तन
- युवा तथा खेलकुद
- महिला, बालबालिका तथा सामाजिक समावेशीकरण
- कानुन, न्याय तथा मानव अधिकार
- संघीय मामिला तथा सुशासन
- विज्ञान, सूचना प्रविधि तथा नवप्रवर्तन
- परराष्ट्र तथा राष्ट्रिय सुरक्षा
