दिनकै ८४ लाख रूपैयाँ भाडा तिर्नुपर्ने महँगो पर्यटन टापु, कस्ता छन् विशेषता ?
टुरिजमफेस
काठमाडौं । एउटा कोठाको भाडा प्रतिदिन करिब ३ लाख ५५ हजार रूपैयाँ । त्यो पनि प्रारम्भिक मूल्य । यति मात्र कहाँ हो र ? यसमा बस्न कम्तीमा एउटा भिल्ला बुक गर्नुपर्ने र भिल्लाको मूल्य सामान्य सिजनमा एक दिनको भाडा करिब ९ लाख र पिक सिजनमा दैनिक भाडा ८४ लाखसम्म तिर्नुपर्ने । कहाँ होला यस्तो ठाउँ ? जो सुकैको मनमा आउने प्रश्न हो ।
यो हो– फिलिपिन्सको निजी टापु, ‘बनवा’ । जहाँ बस्ने पर्यटकले दैनिक लाखौं रूपैयाँ भाडा मात्र तिर्नुपर्छ । यति मात्र होइन, यहाँ कम्तीमा तीन दिन बस्नु पर्छ र यो सबै खर्च जोड्दा लाखौं पुग्छ । १५ एकडमा फैलिएको यो टापु फिलिपिन्सको पलावान द्वीपसमूहको हिस्सा हो । यो टापु आफैमा एक रिसोर्ट हो । यो संसारको सबैभन्दा महँगो रिसोर्ट मानिन्छ ।
यस टापुमा ६ भिल्ला छन् । एउटा भिल्लामा चार शयनकक्ष, एक निजी इन्फिनिटी पुल, ज्याकुजी आदि छन् । प्रत्येक सुत्ने कोठामा दुईजना मानिस बस्न सक्छन् । यसरी भिल्लामा ८ जना मानिस बस्न सक्छन् । यस्तो अवस्थामा यस टापुमा ४८ जना सँगै बस्न सक्छन् । यो रिसोर्ट पानीले घेरिएको छ । त्यसैले सिपप्लेन र हेलिकप्टरबाट मात्र यहाँ पुग्न सकिन्छ । अहिलेको समयमा धेरै पर्यटक टापु घुम्न मन पराउँछन् । चारैतिर पानीले घेरिएको र हरियाली भएका कारण टापुहरूको सौन्दर्य हेर्न लायक हुन्छ । स्कुबा डाइभिङ, स्नोर्कलिङ, स्विमिङ यसका प्रमुख विशेषता हुन् ।
त्यस्तै स्टारगेजिङ, टेनिस र गल्फको पनि मजा लिन सकिन्छ । प्रत्येक भिलामा इन्फिनिटी पुल छ । यो टापु मनिलाबाट निजी जेट र हेलिकप्टरबाट डेढ घण्टामा र हङकङबाट तीन घण्टामा पुग्न सकिन्छ । हेलिकप्टर र सिप्लेन सुविधा पनि मनिलाबाट सिधा उपलब्ध छ । एजेन्सीहरूको सहयोगमा