धौलागिरि आरोहणमा रहेका पाँच रूसी नागरिकको मृत्यु
टुरिजमफेस
काठमाडौं । धौलागिरि हिमाल आरोहणमा रहेका पाँच रूसी नागरिकको मृत्यु भएको छ । १४ जना रूसी नागरिकको समूह पर्वतारोहणका लागि गएकोमा तीन दिनदेखि ८ जना सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएकामध्ये पाँच जनाको मृत्यु भएको हो । उनीहरू तीन साताअघि पर्वतारोहणका लागि गएका थिए ।
पर्यटन विभागका निर्देशक राकेश गुरूङका अनुसार पाँच जना रूसी पर्वतारोहीको शव फेला परेको छ । ती सबैको शव ७ हजार ६०० मिटरको उचाइमा फेला परेको उनले बताए ।
गुरुङले ८ जना सम्पर्कविहीन भएपछि हेलिकप्टर उडान गर्न खोजेको ‘तर सम्पर्कविहीन भएको पहिलो दिन मौसमका कारण उडान हुन नसकेको उल्लेख गर्दै मंगलबार भने बिहानैदेखि एभरेष्टको हेलिकप्टर उद्धारका लागि खटिएको बताए ।
हराइरहेका अन्य पर्वतारोहीमध्ये बेस क्याममा दुई जना र एक जना क्याम्प वानमा सकुशल भेटिए । उनीहरूको उपचार भइरहेको विभागले जनाएको छ । मृतकहरूमा एलेक्सान्द्रा डुशेको, ओलेग कुर्गलोभ, क्रिस्टिकोभ भ्लादिमिर, नोसेन्को मिखाइल र शिपिलेभोज दिमित्री रहेको विभागले जनाएको छ ।
