मल्ल फिल्म सोसाइटीको अध्यक्षमा चयन
टुरिजमफेस
काठमाडौं । वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्बिरोध चयन भएका छन् । सोसाइटीको १२ औं साधारण सभाबाट मल्ल अध्यक्ष पदमा चयन भएका हुन् ।
काभ्रेपलान्चोकको थुम्की रिसोर्टमा भएको साधारण सभाले सोसाइटीको प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्कालाई चयन गरेको छ ।
त्यसैगरी महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ, सहकोषाध्यक्षमा दुर्गा बिसुराल र सदस्यहरूमा सुनिल कटुवाल, मदुकुमार श्रेष्ठ, गोपालकाजी कायस्थ, शिवहरि बैरागी, शर्मिला मल्ल, आरपी पन्त र सुभाष खड्का सर्वसम्मत चयन हुनु भएका छन् । सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत रहेको छ ।