काठमाडौंमा थपियो अर्को पाँचतारे होटल ‘मेक्योर काठमाडौं’ टुरिजमफेस

टुरिजमफेस
काठमाडौं । पाँचतारे होटल ‘मेक्योर काठमाडौैं’ सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी देशबन्धु बस्नेतको ३ अर्ब रूपैयाँ लगानीमा स्थापना भएको यो होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले सम्हालेको छ । एकोरको अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड ‘मेक्योर’ को नामबाट होटल सञ्चालनमा आएको हो । होटल काठमाडौं, सुकेधारा हाइटमा छ ।
होटलले क्वालिटी टुरिष्ट’ लक्षित गरेको छ । होटल व्यवस्थापनका अनुसार मेक्योर काठमाडौंमा लक्जरी र सुइट गरी १ सय ४ कोठा छन् । होटलमा ‘डाइन’, ‘जायका’, ‘सोप्रा इटालियानो’, ‘द कोभ’ र ‘शुक्र बार’ गरी पाँच रेस्टुरेन्ट छन् ।
त्यसैगरी ‘एबी सुइट–१’, ‘एबी सुइट–२’, ‘बलरुम–१’ र ‘बलरुम–२’ नामका ब्यांक्वेट हल एवं आधुनिक जिम, स्टिम, सौना, वेलनेस सेन्टर लगायत पनि होटलमा उपलब्ध छन् ।
सञ्चालक बस्नेतका अनुसार हाल होटलले १ सय ८० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ । बिस्तारै नयाँ ब्यांक्वेट हल र अन्य सुविधा थप्ने र त्यसपछि रोजगारी संख्या बढेर २ सय २० सम्म पुग्ने बताइएको छ । होटलले प्रतिरात एक कोठाको न्यूनतम १ सय २५ अमेरिकी डलर तोकेको छ ।