कांग्रेसको पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी पहिलो, पाँच जना निर्वाचित
काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत क्षेत्रबाट केन्द्रीय सदस्य पदमा डा. केदार नरसिंह केसी सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
पाँच पदका लागि भएको निर्वाचनमा केसीले ३ हजार २५३ मत प्राप्त गरे। अन्तिम मतपरिणामअनुसार प्रा. डा. जगदीश चन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो स्थानमा रहँदै निर्वाचित भए।
त्यसैगरी अधिवक्ता सीताराम केसीले १ हजार ५३६, डा. प्रदीप मिश्रले १ हजार ४७८ र केशव निरौलाले १ हजार २३२ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान सुरक्षित गरेका छन्।
निर्वाचनमा शिवशंकर रिजालले १ हजार २२०, डा. नहकुल केसीले १ हजार १६६, भरत राज ढकालले १ हजार १४८, सीए पदम भण्डारीले १ हजार ११७, प्रकाश कटुवालले १ हजार ७७ र इन्जिनियर मनोज घिमिरेले १ हजार ५९ मत प्राप्त गरे।
अन्य उम्मेदवारमध्ये इन्जिनियर धनेन्द्र केसीले ८७५, इन्जिनियर दीपेन्द्र क्षेत्रीले ८६८, गोपालप्रसाद पोखरेलले ५९४, काशीनाथ चुडालले ५७१, विज्ञान प्रसाईंले ४८१ र लक्ष्मीकिशोर सुवेदीले ४७८ मत पाए।
त्यस्तै धर्मानन्द जोशीले ४५४, शमिरजंग शाहले ४५७, सुवास अधिकारीले ४४६, विनोदकुमार यादवले ४२७, शिव लम्सालले ४२४ र मोहन लम्सालले ४०६ मत प्राप्त गरेका छन्।
यसैगरी ज्ञानिन्द्र झाले ३८६, शत्रुघ्नप्रसाद गुप्ताले ३७४, इन्जिनियर सुदर्शन शर्माले ३४७, डा. विनायक पण्डितले ३२९, इन्जिनियर यमकृष्ण पौडेलले ३०५, डा. शिवचन्द्र शाहीले ३०१, हरिप्रसाद कार्कीले २७५, सुशीलप्रसाद फुँयालले १९० र विश्वदिप लामिछानेले १८६ मत प्राप्त गरेका छन्।
यस परिणामसँगै पेशागत क्षेत्रबाट नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा पाँच जना निर्वाचित भएका छन्।
