बिहेको एक वर्ष नपुग्दै सम्बन्ध बिच्छेद गर्दै एलिना चौहान र विष्णु सापकोटा, एलिनाले दर्ता गरिन् अदालतमा सम्बन्धविच्छेदको मुद्दा

टुरिजमफेस
काठमाडौं । बिवाह गरेको एक वर्ष नपुग्दै गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । झापाकी एलिनाले बाग्लुङका विष्णु सापकोटासँग गएको बैशाखमा बिहे गरेकी थिइन् ।
पति विष्णुलाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए । उनले सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै फिराद पत्र दायर गरेको श्रेष्ठले बताए । एलिना अस्ट्रेलियामा बस्दै आएका विष्णुबाट हिंसामा परेको चर्चा हुँदै आएको थियो ।